काठमाडौ । आफ्नै कमिटीका सदस्यले युवा संघ नेपालका महासचिव महेश चौलागाईंमाथि यौन दुराचारको आरोप लगाएकी छन् ।
पत्रकार सम्मेलन नै गरेर संघकी केन्द्रीय सदस्य युवान्तिका कुलुङले चौलागाईंले आफ्नै सहकर्मी महिलामाथि यौन दुर्व्यवहार गरेको बताएकी हुन्।
उनका अनुसार केही समय पहिले चौलागाईंले एक राजनीतिक कार्यक्रममा सहभागी भई फर्कनेक्रममा आफ्नै गाडीमै सहकर्मी महिलामाथि अभद्र व्यवहार गरेका थिए । पीडित महिलाले पछि संगठनमा उजुरी दिएकी थिइन्, जसपछि चौलागाईंले कार्यालयमै उक्त महिलाको खुट्टा ढोगेर माफी मागेको बताएकी छन् ।
उक्त घटनापछि विषय तत्कालका लागि साम्य भएको उल्लेख गरिएको छ । यस विषयमा युवा सघका निवर्तमान महासचिव पनि जानकार रहेको कुलुङ्को दाबी छ ।
Artha Sanjal






