बलात्कार आरोपमा पक्राउ परेका पूर्वप्रदेश प्रमुख राजेश अहिराजविरुद्ध मुद्दा दायर

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज (राजेश झा) विरुद्ध सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा दायर गरेको छ। साउन ४ गते पक्राउ परेका अहिराजमाथि प्रहरीले अनुसन्धान प्रतिवेदनसहित आज काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।

बलात्कारजस्तो गम्भीर कसुरमा २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाइने कानुनी व्यवस्था भए पनि अहिराजविरुद्धको मुद्दा नौ दिनमै अदालतमा पेश गरिएको हो।

अहिराजले एक युवतीलाई बलात्कार गरेको आरोप छ । आफूलाई ४ जेठ २०८१ मा काठमाडौंको नयाँ बानेश्वरस्थित कोठामा अहिराजले बलात्कार गरेको आरोप छ । डेरा कोठामा एक्लै बसेका बेला पूर्व चिनजानका अहिराजले आएर बलात्कार गरेको पीडितको भनाइ छ ।

उनीविरुद्ध मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २१९ मा उल्लेख बलात्कार गर्न नहुने कसुरमा अनुसन्धान गरिएको थियो । दफा २१९ को उपदफा २ को कसुर गरेको भन्दै खण्ड (ङ) बमोजिमको सजाय मागदाबी गरिएको छ ।

(ङ)अनुसार १८ वर्ष वा सोभन्दा माथिको उमेरकी महिलालाई बलात्कार गरेमा सात वर्षदेखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *