घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । यसदिन सुन प्रतितोला ५०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी संघकाअनुसार, यस दिन छापावाल सुन प्रतितोला एक लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको बजारमा सुन प्रतितोला एक लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला दुई दिनदेखि सुनको मूल्य निरन्तर घटेको छ ।

यस दिन चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँ बढेको छ । आज अर्थात शुक्रबारको बजारमा चाँदी प्रतितोला दुई हजार ३४० रुपैयाँ खरिदबिक्री भइरहेको छ । बिहीबारको बजारमा चाँदी प्रतितोला दुई हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *