स्नो रिभर्सको सेयर नेप्सेमा सूचीकृत, शुक्रबारदेखि कारोबार हुने

काठमाडौं । स्नो रिभर्सको साधारण सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। कम्पनीको कुल ९३ लाख ७५ हजार कित्ता सेयर सूचीकृत भएको हो।

जसमध्ये २० प्रतिशत सेयर सर्वसाधारण समूहमा र ८० प्रतिशत सेयर संस्थापक समूहको सेयर रहेको छ । कम्पनीको सेयर शुक्रबारदेखि कारोबारमा आउने भएको छ ।

आरटीएस सेवा सानिमा क्यापिटलले प्रदान गर्नेछ । नेप्सेले कम्पनीको कोड नाम एसएनओआरएल दिएको छ । पहिलो कारोबार न्यूनतम १ सय र अधिकतम ३ सय रुपैयाँबाट सुरु हुनेछ । त्यसपछि दैनिक १५ प्रतिशत सीमाको आधारमा मूल्य तय हुनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *