काठमाडाैं। आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा धेरै सेयर लगानी गर्ने सार्वजनिक संस्थानको सूचीमा नेपाल विद्युत् प्राधिकरण पहिलो स्थानमा परेको छ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयद्वारा प्रकाशित प्रतिवेदनअनुसार प्राधिकरणले सो अवधिमा १ खर्ब ८१ अर्ब ३३ करोड रुपैयाँ सेयरमा लगानी गरेको हो।
त्यसपछि दोस्रोमा नेपाल नागरिक उड्डयन प्राधिकरण (६२ अर्ब ७४ करोड), तेस्रोमा नेपाल टेलिकम (१६ अर्ब ७४ करोड), चौथोमा राष्ट्रिय वाणिज्य बैंक (१५ अर्ब ६३ करोड), पाँचौंमा कृषि विकास बैंक लिमिटेड, छैठौंमा हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, सातौंमा नेपाल आयल निगम, आठौंमा निक्षेप तथा कर्जा सुरक्षण कोष, नवौंमा नेपाल बैंक लिमिटेड र सेयर लगानी गर्ने दशौं स्थानमा अन्तराष्ट्रिय मुद्रा कोष रहेका छन् ।

Artha Sanjal






