रसुवा बाढीबाट क्षतिको बीमा दाबी झन्डै २९ करोड, शिखरमा सबैभन्दा बढी

काठमाडौँ। रसुवाको ल्हेन्देखोलामा आएको बाढीका कारण भएको क्षतिबाट २८ करोड ९२ लाख ६० हजार रुपैया बराबरको प्रारम्भिक बिमा दाबी गरिएको छ ।

नेपाल बिमा प्राधिकरणका अनुसार विभिन्न ७  बिमा कम्पनीमा सो बराबरको दाबी परेको हो । जसमध्ये  शिखर इन्स्योरेन्स कम्पनीमा १६ करोड १२ लाख १० हजार रुपैयाँ बराबरको १० वटा दाबी परेको छ ।

त्यस्तै, नेको इन्स्योरेन्समा  ५ च करोड २० लाख बराबरको तीन वटा, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ३  करोड ४१ लाख ५० हजार बराबरको सात वटा दाबी परेको छ । नेपाल इन्स्योरेन्स कम्पनीमा  १ करोड २८ लाख ५० हजार बराबरको १२ वटा, सानिमा जीआइसी इन्स्योरेन्समा ७७ लाख बराबरको ६  वटा, आइजीआई प्रूडेन्सियलमा  ७५ लाख ५० हजार बराबरको नौ वटा बिमा दाबीको आवेदन परेको प्राधिकरणले जनाएको छ ।

त्यसैगरी, युनाइटेड अजोडमा  ६८ लाख बराबरको तीन वटा, एनएलजी इन्स्योरेन्समा  ४७ लाख बराबरको ६ वटा, सिद्धार्थ प्रिमियरमा  ३१ लाख बराबरको सात वटा  गरी कूल ६३ वटा बिमा दाबी परेको प्राधिकरणले जनाएको छ ।

रसुवाको ल्हेन्देखोलामा आएको बाढीका कारण नेपाल चीन जोड्ने मितेरी पुल, सीमामा अवस्थित निर्माणाधीन ड्राइपोर्ट, भन्सार कार्यालय र आसपासमा पार्किङ गरिएका सवारीसाधन बगाएको छ भने रसुवागढी जलविद्युत् आयोजनालगायतका अन्य भौतिक पूर्वाधारमा क्षति पुगेको छ  ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *