काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको ९ अर्ब ६९ करोड ८५ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ।
केन्द्रीय बैंकले उक्त रकम ३६८ दिनका लागि मुद्दति निक्षेपमा राख्न बैंक तथा वित्तीय संस्थासँग ब्याजदर प्रस्ताव आह्वान गरेको छ। इच्छुक संस्थाले जेठ २० गते राति १२ बजेसम्म प्रस्ताव पेश गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ।
कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकमा ७ अर्ब ७५ करोड ८९ लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा १ अर्ब ४५ करोड ४७ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा ४८ करोड ४९ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्नेछ।
राष्ट्र बैंकका अनुसार उक्त निक्षेप लगानी सन् २०२६ जुन १८ देखि २०२७ जुन २० सम्म कायम रहनेछ।
Artha Sanjal






