काठमाडौं । स्पेनको सेभिलामा भएको संयुक्त राष्ट्रसंघीय सम्मेलनको बहानामा असम्बन्धित व्यक्तिहरूलाई भिजिट भिसामा विदेश पठाएको खुलासापछि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
गृहमन्त्री रमेश लेखकले बोलाएको बैठकले सीआईबी र मानव बेचबिखन अनुसन्धान ब्यूरोमार्फत जाँच गर्न निर्देशन दिएको हो । ३० जुनदेखि २ जुलाईसम्मको सम्मेलनमा गएका सबैको विवरण संकलन गरिने र फर्किए/नफर्किएको पुष्टि गर्ने तयारी छ ।
सम्मेलनमा सहभागिता देखाएर दिल्लीस्थित स्पेन दूतावासबाट भिसा लिइएको र कतिपय व्यक्तिहरू कार्यक्रमपछि नफर्किएको प्रारम्भिक विवरणमा उल्लेख छ ।
५५ जनाको सूची एयरलाइन्सलाई दिइएपनि केही पुगेका थिए भने कम्तीमा ७ जना कार्यक्रममा सहभागी नभई स्पेनमै बसेको देखिएको छ । यस विषयमा अध्यागमन विभागले प्रहरीलाई सहकार्य गर्नेछ।







