काठमाडौं । ड्युटीमा खटिएका ट्राफिक प्रहरीले अब सवारी चालक तथा अन्य सेवाग्राहीसँग हात मिलाउन नपाउने भएका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मातहतका सबै युनिटलाई परिपत्र जारी गर्दै ड्युटीका क्रममा टाढैबाट नमस्कार गरेर सम्मान गर्न निर्देशन दिएको हो।
सामाजिक सञ्जाल र नागरिकबाट हात मिलाउने विषयमा गुनासो आएपछि यस्तो निर्णय गरिएको कार्यालयले जनाएको छ। परिपत्रमा ड्युटीका बेला चालक तथा सेवाग्राहीसँग हात मिलाउने कार्य पूर्ण रूपमा अस्वीकार गर्न भनिएको छ।
Artha Sanjal





