अवैध श्रमिक आपूर्तिको अभियोगमा लुम्बिनी विकास बैंक र डिलाइट सेक्युरिटीलाई २/२ लाख जरिवाना

काठमाडौं । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले अवैध रूपमा श्रमिक आपूर्ति गरेको ठहर गर्दै लुम्बिनी विकास बैंक र डिलाइट सेक्युरिटी सर्भिस प्रालिलाई २/२ लाख रुपैयाँ जरिवाना तिराएको छ।

विभागले कम्पनी र बैंकलाई पत्र काट्दै १५ दिनभित्र जरिबाना बुझाउन भनेको छ । विभागमा दर्ता र नवीकरण नभएका कम्पनीहरूले श्रमिक आपूर्ति गर्न नपाउने नियम छ ।

श्रम ऐनअनुसार विभागमा विधिवत रूपमा दर्ता नभएका निकायले श्रमिक आपूर्ति गर्न पाउँदैनन् । तर, लुम्बिनी विकास बैंकले डिलाइट सेक्युरिटीमार्फत कर्मचारी भर्ना गरेर यो कानुनी व्यवस्था उल्लङ्घन गरेको देखिएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *