वाणिज्य बैंकहरूको कर्मचारी तलबभत्ता खर्च ५३ अर्बमाथि, कुन बैंकले कति खर्चिए ?

काठमाडौं । संचालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको ११ महिनामा कर्मचारी तलबभत्तामा ५३ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार जेठ मसान्तसम्म बैंकहरूले ५३ अर्ब १३ करोड ३१ लाख रुपैयाँ कर्मचारी तलबभत्तामा खर्च गरेका छन्। गत वर्ष सोहि अवधिसम्म बैंकहरुले ५० अर्ब १६ करोड ४९ लाख रुपैयाँ खर्चिएका थिए। चालु आर्थिक वर्षमा बैंकहरूको तलबभत्ता खर्च ५.९२ प्रतिशतले बढेको छ।

समिक्षा अवधिमा सबैभन्दा बढी खर्च गर्नेमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ। चालु आवको ११ महिनामा यस बैंकले ३ अर्ब ८९ करोड ७६ लाख रुपैयाँ खर्च गरेको छ। गत आर्थिक वर्षको सोहि अवधिमा यस बैंकले ३ अर्ब ९३ करोड ६९ लाख खर्च गरेको हो।

कर्मचारी तलबभत्तामा सबैभन्दा बढी खर्च गर्ने दोस्रोमा कुमारी बैंक रहेको छ। जसले चालु आर्थिक बर्षको जेठ मसान्तसम्ममा ३ अर्ब ६८ करोड ८५ लाख रुपैयाँ खर्च गरेको छ। गत आर्थिक आर्थिक वर्षको तुलनामा कुमारी बैंकको खर्च ३.०८ प्रतिशतले घटेको छ।

समिक्षा आवधिमा ग्लोबल आइएमई बैंकले ३ अर्ब ५८ करोड ८२ लाख रुपैयाँ खर्च गरेको छ। जुन गत आर्थिक बर्षको तुलनामा ४.७७ प्रतिशतले बढी हो। त्यसैगरी जेठ मसान्तसम्ममा लक्ष्मी सनराइज बैंकले ३ अर्ब ५३ करोड ७७ लाख, प्रभु बैंकले ३ अर्ब ४६ करोड ८ लाख, नेपाल बैंकले ३ अर्ब ४५ करोड १३ लाख, कृषि विकास बैंकले ३ अर्ब ३८ करोड २१ लाख, नबिल बैंकले ३ अर्ब ३३ करोड १० लाख र एनआईसी एशिया बैंकले ३ अर्ब ५ करोड ५१ लाख रुपैयाँ खर्च गरेका छन्।

यसैगरी, जेठमसान्तसम्ममा हिमालयन बैंकले २ अर्ब ९७ करोड ७६ लाख, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले २ अर्ब ९२ करोड १४ लाख, एनएमबि बैंकले २ अर्ब ६३ करोड ९७ लाख, सिद्धार्थ बैंकले २ अर्ब ५१ करोड ५८ लाख, माछापुच्छ्रे बैंकले १ अर्ब ९१ करोड ८४ लाख र एभरेस्ट बैंकले १ अर्ब ६३ करोड ८७ लाख रुपैयाँ खर्च गरेका छन्।

त्यस्तै, सिटिजन्स बैंकले १ अर्ब ५८ करोड ३ लाख, प्राइम बैंकले १ अर्ब ५६ करोड २५ लाख, नेपाल एसबीआई बैंकले १ अर्ब ५३ करोड २८ लाख, सानिमा बैंकले १ अर्ब ४९ करोड ११ लाख र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ९६ करोड २० लाख रुपैयाँ तलबभत्तामा खर्च गरेका छन्।

यस अवधिमा नबिल बैंक र एनआईसी एशिया बैंकको खर्च गत आर्थिक वर्षको तुलनामा घटेको छ भने अन्य बैंकहरूको खर्च बढेको छ। यस अवाधिमा कर्मचारी तलबभत्तामा सबैभन्दा कम खर्च गर्नेमा एनआईसी एशिया बैंक रहेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *