यस्ताे छ लिङ्देनको निर्णयविरुद्ध सुवेदीले निर्वाचन आयोगमा दिएको निवेदन (पूर्णपाठ)

काठमाडौं । राजावादी नेता नवराज सुवेदीले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई विधानविपरीत विधानविपरीत अनुशासन समितिको अध्यक्षबाट हटाइएको भन्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । उनले आफ्नो पदीय हैसियत यथावत् कायम गर्न माग समेत गरेका छन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले सुबेदीलाई अनुशासन समितिको अध्यक्षबाट हटाएर रोशन कार्कीलाई नियुक्त गरेका थियो । यो कार्य विधान विपरीत रहेको भन्दै सुवेदी पार्टीको संस्थापन इतर खेमाको साथमा आयोगमा उजुरी लिएर गएका हुन् । सात बुँदे उजुरीमा अनुशासन समितिको अध्यक्ष फेरबदल गर्ने एकल अधिकार अध्यक्षलाई नरहेको जिकिर गरिएको छ ।

निवेदनमा भनिएको छ, ‘म निवेदक पार्टीको केन्द्रीय सदस्य भएकोले मलाई पार्टीको संशोधित विधान, २०७८ अनुसार मिति २०७८/११/०९ मा अनुशासन समितिको अध्यक्षको जिम्मेवारी प्राप्त भई पार्टीले दिएको पदीय जिम्मेवारी प्रचलित कानून र पार्टीको विधान अनुरूप गरी आएको र उक्त नियुक्त पत्र अनुसार मेरो कार्यकाल आगामी २०८२ साल फाल्गुण ८ गतेसम्म रहेको छ । यसरी पदावधि किटान गरिएको पदमा नियुक्त भएको व्यक्तिको हकमा प्रचलित कानून र पार्टीको विधान विपरीत कार्य गरी पार्टी सदस्यबाट निष्कासन गरिएको वा हटाएको अवस्थामा बाहेक पार्टीको अध्यक्षको एकल निर्णयले पदावधि अगावै हटाउने र हटाएको स्थानमा अर्को व्यक्तिलाई नियुक्त गर्ने अधिकार विधानले अध्यक्षलाई दिएको छैन ।’

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *