दुई लघुवित्त प्राथमिक सेयरको थप सार्वजनिक निष्कासन गर्दै

दुई लघुवित्त कम्पनीहरुले साढे सात करोड रुपैयाँ बराबरको एफपीओ थप सार्वजनिक निष्कासन गर्ने भएका छन् । नेपाल धितोपत्र बोर्डका अनुसार समता घरेलु लघुवित्त वित्तीय संस्था र उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले साढे सात करोड रुपैयाँ बराबरको एफपीओ निष्कासन गर्ने भएका हुन्।

एफपीओ निष्कासन गर्ने यी कम्पनीहरुले सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग स्वीकृति मागेका हुन्। घरेलु लघुवित्तले ४ करोड ६० लाख ४१ हजार २२०।८० रुपैयाँ बराबरको २ लाख ८९ हजार ४४० कित्ता एफपीओ निष्कासनको अनुमति माग गरेको हो।

बोर्डका अनुसार कम्पनीले एफपीओ अंकित मूल्य १०० रुपैयाँमा ५९।०७ रुपैयाँ प्रिमियम थप्दै प्रतिकित्ता १५९।०७ रुपैयाँका दरले बिक्री गर्ने भएको हो। कम्पनीले बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्टलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। लघुवित्तले निष्कासन अनुमति माग गर्दै गत चैत २९ गते बोर्डमा आवेदन दिएको थियो।

यस्तै, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले पनि २ करोड रुपैयाँभन्दा बढीको एफपीओ निष्कासन गर्न लागेको हो। बोर्डका अनुसार लघुवित्तले २ करोड ८३ लाख ७३ हजार ७३७ रुपैयाँ बराबरको १ लाख ७८ हजार ४५१ कित्ता एफपीओ निस्कासनका लागि अनुमति मागेको छ।

बोर्डका अनुसार लघुवित्तले प्रतिसेयर १५९ रुपैयाँमा थप सार्वजनिक सेयर निष्कासन गरी बिक्री गर्ने भएको हो। लघुवित्तले एफपीओ निष्कासनका लागि बोर्डसँग गत चैत १७ गते अनुमति माग गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *