काठमाडाैं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । संस्थाको फागुन २७ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
योसँगै संस्थाले उक्त आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको छ । राष्ट्र बैंकको वित्तीय विवरण स्वीकृत भएर आएपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरिने संस्थाले जनाएको छ ।







