समृद्धि फाइनान्स र ए टु जेट अनलाइन बजार बिच सम्झौता

समृद्धि फाइनान्स कम्पनी लिमिटेड र ए टु जेट अनलाइन बजार बिच सम्झौता वैशाख ४ गते सम्झौता भएको छ । सम्झौता फाइनान्सको शाखा कार्यालय पुतलीसडक, काठमाण्डौमा भएको हो ।

यस  सम्झौतापछी फाइनान्सका ग्राहकहरुले ए टु जेट अनलाइन बजारबाट सामग्रीहरु जस्तै ल्यावटप, मोबाइल, टिभि र अन्य इलेक्ट्रिक सामानहरु खरिद गर्दा अधिकतम २० हजार सम्म वा १२.५ प्रतिशत सम्म छुट पाउनेछन ।

सुविधा मोबाइल बैकिङ, डेबिट कार्ड, कनेक्ट आइपीएस, नेपाल पे, क्युआर कोड प्रयोग गरी उक्त छुट प्रदान गरिने संस्थाका व्यवसाय प्रवद्र्धन विकासका अधिकृत सुरज कुमार सर्राफले जानकारी गराएका छन् ।

फाइनान्सले मुद्घति निक्षेपमा सर्वाधिक १२.२५ प्रतिशत, र बचत निक्षेपमा अधित्तम १० प्रतिशत सहित आर्कषक व्याजदर सहितका विभिन्न बचत खाताहरु समेत संचालनमा ल्याएको छ । फाइनान्सले हाल पाँच ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *