कोशी प्रदेशले गर्‍याे ७७ प्रतिशत बजेट खर्च

विराटनगर । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा कुल बजेटको ७७.२६ प्रतिशत खर्च गरेको छ। प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँ विनियोजनमध्ये २७ अर्ब २५ करोड ६० लाख रुपैयाँ खर्च भएको हो।

प्रदेशको पुँजीगततर्फ १३ अर्ब ८२ करोड रुपैयाँ खर्च भएको छ । यो विनियोजित बजेटको ७९.२६ प्रतिशत हो । चालुतर्फ ७५.२९ प्रतिशत अर्थात् १२ अर्ब ४२ करोड रुपैयाँ खर्च भएको छ ।

प्रदेशकाे भौतिक पूर्वाधार विकास मन्त्रालयले ११ अर्ब १९ करोड बजेटमध्ये ८ अर्ब ५० करोड रुपैयाँ खर्च गरेकाे छ । खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयले ४ अर्ब ४ करोड रुपैयाँ खर्च गरेको छ । स्थानीय तहका लागि विनियोजित ५ अर्ब ६ करोड ८५ लाखमध्ये ४ अर्ब ८७ करोड ९४ लाख खर्च भएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *