काठमाडौं । टी–२० एसियाली तथा पुर्वी एसियाली क्षेत्रीय छनोटमा नेपालकाे समूहमा कुवेत र जापान परेका छन् ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले बिहीबार जारी गरेको समूह विभाजनमा नेपाल, कुवेत र जापान एकै समूह बि मा रहेका हुन् । प्रतियोगितामा सहभागी रहने ९ टोलीलाई ३ समूहमा विभाजन गरिएको छ ।
समूह ए मा युएई, मलेसिया र कतार तथा समूह सी मा ओमान, पपुवा न्यूगिनी र सामोआ रहेका छन् ।
हरेक समूहका शीर्ष २ टोली सुपर सिक्समा प्रवेश गर्दछन् । भने, सुपर सिक्सका शीर्ष ३ टोलीले विश्वकपमा स्थान बनाउने छन् ।
यो छनोट प्रतियोगिता अक्टोबर ८ देखि १७ सम्म चल्नेछ । कुल ९ टोली सहभागी प्रतियोगिता १० दिनसम्म सञ्चालन हुनेछ। आयोजना हुनेछ ।
Artha Sanjal







