काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को हरित ऊर्जा ऋणपत्र दोस्रो बजारमा सूचीकृत भएको छ ।
६ प्रतिशत ब्याजदर रहेको ७ वर्षे अवधिको यस ऋणपत्र बजारमा कारोबारमा आउने छ । बिहीबारदेखि कारोबार सुरु हुने नेप्सेले जनाएको छ ।
अंकित मूल्य १ हजारका दरको कुल ५० लाख कित्ता ऋणपत्र बजारमा सूचीकृत भएको हो ।
Artha Sanjal





