नेपाल टेलिकमले ‘मनसुन अफर २०८२’ उपलब्ध गराउने

काठमाडाैं । नेपाल टेलिकमले ‘मनसुन अफर २०८२’ल्याउने भएको छ । कम्पनीले असार २६ गतेदेखि लागू हुनेगरी उक्त अफर उपलब्ध गराउन लागेको हो । उक्त अफरमा विभिन्न आकर्षक प्याकेज तथा सुविधाहरु उपलब्ध हुने टेलिकमले जनाएको छ ।

यस अफर अन्तर्गत विभिन्न सुविधा सहितका भ्वाइस, डाटा तथा एसएमएस प्याकेज उपलब्ध गराइने छ भने विशेषगरी शारीरिक तथा मानसिक रुपमा फरक क्षमता भएका व्यक्तिहरुका लागि बोनस सहितका प्याकेजका साथै सजिलो अनलिमिटेड ६९९ र ७९९ प्याकेज ३० प्रतिशत छुटमा समेत उपलब्ध गराइने छ ।

ग्राहकले आफ्नो मोबाइलबाट *1415# डायल गरेर वा ‘नेपाल टेलिकम’एपको प्रयोग गरेर विभिन्न प्याकेजहरु सम्बन्धी जानकारी लिन तथा खरिद गर्न सक्नेछन् ।

यस अफर सम्बन्धमा विस्तृत जानकारी कम्पनीको वेबसाइटमार्फत प्राप्त गर्न सकिनेछ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *