आज दोस्रो दिन हिम स्टार ऊर्जा कम्पनीको आईपीओमा कति पर्यो आवेदन

काठमाडौं । हिम स्टार ऊर्जा कम्पनीको आईपीओमा दोस्रो दिनमै ११ लाख भन्दा बढीले आवेदन दिएका छन् । बुधबार (असार २५ गते) साँझ ५ः०६ बजेसम्ममा ११ लाख २९ हजार ७५६ जना सर्वसाधारण आवेदकले १ करोड ३४ लाख ३९० कित्ता सेयरका लागि आवेदन दिएको सीडीएससीको तथ्यांकले देखाएको छ । कम्पनीले मंगलबारदेखि प्रतिकित्ता १०० रुपैयाँका दरमा ७ लाख ७३ हजार ९७५ कित्ता सेयर निष्कासन गरेको हो ।

यसआधारमा २ दिनमै मागभन्दा १७.३१ गुणा बढी आवेदन परेको हो । यो आईपीओमा असार २७ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ ।

कम्पनीको आईपीओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर मार्फत आवेदन दिन सकिनेछ । हिम स्टार उर्जा कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई यसअघि आईपीओ बाँडफाँट गरिसकेको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *