काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रलाई कमजोर पार्ने र त्यसबाट व्यक्तिगत लाभ उठाउन चाहने समूहहरू सक्रिय रहेका बताएका छन्।
बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले हाल देशभरि सहकारीप्रति भ्रम फैलाउने प्रयास भइरहेको उल्लेख गरे।
“सहकारी बिग्रियो भन्ने भ्रामक कुरा फैलाएर यसलाई कमजोर पार्ने र आफ्नो स्वार्थ सिद्ध गर्न खोज्ने शक्तिहरु सक्रिय छन्,” उनले भने, “सहकारीमा अनियमितता गर्ने नै अहिले सहकारीका हिमायती बनेर प्रचार गरिरहेका छन्, जुन दुःखद छ।”
उनले यस्ता गतिविधिप्रति सचेत रहन सबैलाई आग्रह गर्दै सहकारीलाई व्यवस्थित र सुदृढ बनाउनु आवश्यक रहेको बताए।
Artha Sanjal





