काठमाडाैं । हिमालयन बैंकले १ अब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँ बराबरका ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्कासन गर्दैछ। प्रति कित्ता १५७ रुपैयाँ निष्काशन गर्न लागेकाे हो।
बैंकले साधारण सेयर हिस्सा बढाएर ३० प्रतिशत पुर्याउन एफपीओ जारी गर्न लागेको हो। बैंक तथा वित्तीय संस्थाको साधारण सेयर हिस्सा ३० प्रतिशत हुनुपर्ने व्यवस्था छ। बैंकको अहिले साधारण सेयर हिस्सा २७.०१ प्रतिशत छ। बैकले सिभिल बैकलाई आफुमा विलय गरेपछि संस्थापककाे हिस्सा बढेर साधारण सेयरकाे हिस्सा घटेकाे हाे।
आइतबार बैंकको प्रति कित्ता सेयर २२३ रुपैयाँमा कारोबार बन्द भएको छ। बैंकको हाल २१ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पुँजी छ। बैंकको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ।
Artha Sanjal






