गभर्नर निलम्बनको विरोधमा राष्ट्र बैंकमा कालो ब्यानर सहित प्रदर्शन

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई  सरकारले गरेको निलम्बनको नेपाल राष्ट्र बैंक कर्मचारी संघले विरोध गरेको छ।

‘केन्द्रीय बैंकको स्वायत्तता माथिको नांगो हस्तक्षेप बन्द गर’, ‘अधिकारीमाथि सुरू गरिएको कारवाही प्रक्रिया अविलम्ब फिर्ता गर’ भन्ने नारासहित कार्यालयको मुख्य भवन अघि कालो ब्यानर सहित संघले प्रदर्शन गरेको हो ।

कर्मचारी संघका अध्यक्ष रुद्रप्रसाद तिम्सिनाले राज्यका सञ्चालकहरू वित्तीय प्रणालीको दुरुपयोग गरी गलत क्रियाकलापमा लिप्त भएर  वित्तीय माफियाहरूको चंगुलमा फस्दा राष्ट्र बैंकको नेतत्व माथि आक्रमण हुने गरेको बताएका छन । संघले गर्भनर अधिकारीलाई  सरकारले गरेको निलम्बनको बिरोध स्वरूप आज  कार्यालय खुलेसँगै कोण सभा आयोजना गरेको हो ।

गत २४ चैतको मन्त्रिपरिषद बैठकले गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको थियो। अधिकारी निलम्बनको लागि हाल पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा जाँचबुझ समिति गठन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *