रसुवा भन्सार नाकाबाट २८ अर्ब राजस्व सङ्कलन

रसुवा ।  चालु आर्थिक वर्षको साउनदेखि गत जेठ मसान्तसम्म रसुवा भन्सार नाका हुँदै छिमिकी मुलुक चीनबाट आयात भएका वस्तुको भन्सार शुल्कबापत  २८ अर्ब ७१ करोड राजस्व प्राप्त भएको छ।

भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५२ प्रतिशतले राजस्व वृद्वि भएको हो। गत आवको ११ महिनामा रु १८ अर्ब ९८ करोड २१ लाख राजस्व सङ्कलन भएको थियो।

उनले चालु आवमा विद्युतीय सवारीसाधन र अन्य गरी करिब रु ८० अर्ब बराबरको सामग्री आयात भएको जनाउँदै  ३ अर्ब रुपैयाँ बराबरका सामग्री निर्यात भएकाे बताए। गत साउनदेखि जेठ मसान्तसम्म छ हजार २६६ थान जिप, कार, भ्यान, तीन पाङ्ग्रे चार सय ६९ वटा र माइक्रोबस तथा बसट्रक एक हजार १७६ वटा विद्युतीय सवारीसाधान आयात भएका छन्।

यस अवधिमा सवारीसाधनबाट मात्रै ११ अर्ब ४८ करोड राजस्व प्राप्त भएको रसुवा भन्सार कार्यालयले जनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *