सेयर बजारमा गिरावट, ७ अर्ब ६५  करोड करोडको कारोबार

काठमाडौं । आज शेयर बजार सामान्य घटेको छ । आज शेयर बजार नेप्से परिसूचक ३.९० अंकले घटेर २६५४.७५ को विन्दुमा कायम भएको छ ।

आज ३०६ कम्पनीको शेयर किनबेच हुँदा ७ अर्ब ६५ करोड माथिको शेयर कारोबार भएको छ ।आज ९९ कम्पनीको शेयर मूल्य बढेको छ भने १४८ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै सानिमा माई हाइड्रोपावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७४ करोड ९६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बुटवल पावर कम्पनीको ६० करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ४६ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै पियोर इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । बुटवल पावर कम्पनीका लगानीकर्ताले ७.७३ प्रतिशतका दरले कमाएका छन् । सामुदायिक लघुवित्तका लगानीकर्ताले ७.१३ प्रतिशतका दरले कमाएका छन् । अपर हेवाखोलाका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै गार्डियन माइक्रो लाइफका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४.६२ प्रतिशतका दरले गुमाएका हुन् ।

 

 

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *