इजरायल छोड्न आफ्ना नागरिकलाई चिनियाँ दूतावासको आग्रह

एजेन्सी। इजरायलस्थित चिनियाँ दूतावासले आफ्ना नागरिकहरूलाई सकेसम्म चाँडो इजरायल छोड्न आग्रह गरेको छ। इजरायली हवाई क्षेत्र बन्द भएकाले सुरक्षा सुनिश्चित गर्दै चिनियाँ दूतावासले आफ्ना नागरिकहरूलाई सीमा नाकाबाट इजरायल छोड्न र सुरक्षित स्थानमा स्थानान्तरण हुन अपील गरेको हो।

दूतावाद्वारा जारी गरिएको सूचनामा चिनियाँ दूतावासले चीनका जनतालाई जोर्डनहुँदै देश छोड्न अपील गरेको छ। इजरायल-इरान द्वन्द्व बढ्दै गएको,नागरिक सुविधाहरूमा क्षति पुर्‍याउने र नागरिक हताहतको संख्या बढ्दै गएको उल्लेख गरिएको छ।

चिनियाँ पत्रिका ग्लोबल टाइम्सका अनुसार दूतावासले सम्बन्धित इजरायली सरकारी विभागहरूले जोर्डन र इजिप्टसँगको इजरायलको सिमाना खुला राख्ने बताएका छन् ।

इजरायल-इरान द्वन्द्व चर्किदै गएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको राजधानी तेहरानलाई तुरून्तै खाली गर्न निर्देशन दिएका छन्। इरानको आणविक तथा सैन्य संरचनालाई कमजोर बनाउने उद्देश्यले इजरायलले गरेको ठूलो आक्रमणपछि इजरायल र इरानबीच लगातार भीषण हवाई आक्रमण भइरहेका छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *