पाकिस्तानी ‘हविव’ बैंकको झन्डै ३ करोड कित्ता शेयर हिमालयन बैंकले राख्यो पुन: बिक्रीमा

काठमाडौं ।  हिमालयन बैंक लिमिटेडले संस्थापक शेयरधनी पाकिस्तानको हविव बैंक लिमिटेडको नाममा रहेको २ करोड ८० लाख १२ हजार ४४७.४५ कित्ता संस्थापक शेयर पुन; बिक्रीमा राखेको छ।  उक्त शेयरको बिक्री मूल्य प्रतिकित्ता न्यूनतम ११२.८० रुपैयाँ तोकिएको छ।

हाल प्रक्रियागत रुपमा बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै आवेदन दिन सक्ने गरी हाल यो शेयर बिक्रीमा राखिएको छ।

इच्छुक संस्थापक शेयरधनीले  ३५ दिनभित्र काठमाडौंको कमलादीमा रहेको हेरिटज प्लाजास्थित बैंकको कानून विभागमा निवेदन दिनु पर्ने बैंकले जनाएकोछ। उक्त अवधिभित्र संस्थापक शेयरधनीबाट आवेदन नआएमा सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।

यस अघि हिमालयन बैंकले पाकिस्तानको हबिब बैंकको शेयर नेपालीलाई अर्थात् हिमालयन रि–इन्स्योरेन्सलाई बेच्ने योजना बनाएको थाहा पाएपछि राष्ट्र बैंकले रोकेको थियो।

तत्कालिन गभर्नर महाप्रसाद अधिकारीले पाकिस्तान आर्थिक संकटमा रहेकाले यसको शेयर खरिद गर्दा स्वदेशी लगानेकर्ता डुब्ने भन्दै  रोक लगाएका थिए। उनले बैंकलाई विदेशी लगानीकर्ता खोज्न समेत भनेका थिए । तर, गभर्नर अधिकारीले विगतमा लामो समय आफैँले रोकेर राखेको सेयर बिक्री कार्य आफ्नो कार्यकालको अन्तिम समयमा आएर बिक्री गर्न अनुमति दिनुलाई रहस्यमय रुपमा हेरिएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *