सानिमा रिलायन्सको २ लाख ४९ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले २ लाख ४९ हजार ७७३ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

कम्पनीले यी शेयर यसअघि कम्पनीकै विद्यमान संस्थापक शेयरधनीका लागि बिक्री खुला गरेकोमा तोकिएको अवधिसम्म आवेदन नपरेपछि संस्थापक शेयरधनी लगायत आम सर्वसाधारणले समेत किन्न पाउने गरी बिक्रीमा राखेको हो।

उक्त शेयर खरीद गर्न इच्छुक लगानीकर्ताले असार १४ गतेभित्र आवश्यक कागजात सहित काठमाडौंको नक्सालस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्ने कम्पनीले जनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *