लाइसेन्स छाप्ने कार्य तीन दिन बन्द हुने

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ कार्य तीन दिन बन्द हुने भएको छ ।

यातायात व्यवस्था विभागले सोमबार सूचना जारी गर्दै जेठ २७ गतेदेखि २९ गतेसम्म स्मार्ट कार्ड प्रिन्टर मर्मतका कारण लाइसेन्स छपाइ कार्य बन्द रहने जानकारी दिएको हो।

विभागले उक्त अवधिमा अत्यावश्यक सवारी चालक अनुमतिपत्र आवश्यक पर्ने सेवाग्राहीले मिति २०८२ । ०२ । २५ गते अगावै निवेदन बुझाइ एप्रुभ भएको समेत यकिन गर्नुहुन सम्बन्धित सबैमा अनुरोध गर्दछौं,’ सूचनामा भनिएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *