प्रधानमन्त्री ओलीलाई निर्यात व्यवसायी महासङ्घको सात बुँदे सुझाव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई निर्यात व्यवसायी महासङ्घ नेपालले निर्यात वृद्धि, रोजगार सिर्जना र आयात प्रतिस्थापनका विषयमा सात बुँदे सुझावपत्र बुझाएको छ।

बुधबार बालुवाटारमा महासङ्घका नवनिर्वाचित अध्यक्ष गोविन्दप्रसाद घिमिरे नेतृत्वको टोलीले सुझावपत्र बुझाएको हो।

सुझावपत्रमा सरकारले ल्याएको बजेटमा आर्थिक वृद्धि र निर्यात व्यवसायलाई प्राथमिकता दिने रणनीतिहरू कार्यान्वयन गर्न आग्रह गरिएको छ ।
यस्तै, सम्बोधन हुन छुुट भएका विषयमा ध्यानाकर्षण गराइएको छ ।

महासंघका अध्यक्ष घिमिरेलेले अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रको निर्माणलाई छिटो सम्पन्न गरी विदेशी क्रेताहरूलाई नेपाल ल्याउन माग गरिएको जानकारी दिए । यस्तै, लगानी वृद्धि र पर्यटन आकर्षणका लागि सन् २०२६ देखि २०३० सम्मलाई निर्यात वर्ष घोषणा गरी सरकार र निजी क्षेत्रको सहकार्य बढाउन आग्रह गरिएको पनि उनले बताए ।

सुुझावहरू ग्रहण गरेपछि प्रधानमन्त्री ओलीले आर्थिक वृद्धि, रोजगारी र पर्यटक वृद्धिजस्ता विषयलाई सरकारले उच्च महत्व दिएकाले उचित सुुझावलाई सम्बोधन गरिने बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *