सेयर बजारमा दोहोरो अंकको गिरावट, ६ अर्ब ६७ करोडको कारोबार

काठमाडौं । आज सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ३५.७३ अंकले घटेर २६५८.९३ को विन्दुमा बन्द भएको छ ।

आज ३१५ कम्पनीको सेयर किनबेच हुँदा ६ अर्ब ६७ करोड माथिको सेयर कारोबार भएको छ । आज ३४ कम्पनीको सेयर मूल्य बढेको छ भने २१४ कम्पनीको सेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै राधि विद्युतको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ६० करोड १५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । युनिभर्सल पावरको ४१ करोड १५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ४० करोड ३० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै ओम मेगाश्री र पियोर इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । प्रभु स्मार्ट फन्डका इकाईधनीले ४.९१ प्रतिशतका दरले कमाएका छन् । नारायणी डभेलपमेन्ट बैंकका लगानीकर्ताले साढे ३ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सप्तकोशी डभेलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस बैंकका लगानीकर्ताले ४.८९ प्रतिशतका दरले गुमाएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *