काठमाडौँ । रेडियो आहा ‘महिला सशक्तीकरण सम्मान २०८१’ बाट संचारकर्मी सिर्जना वाग्ले सम्मानित भएकी छन्। रेडियो आहाको तेस्रो वार्षिकोत्सवका अवसरमा नारी सशक्तीकरण अभियानकी अभियान्ता तथा सञ्चारकर्मी वाग्ले सम्मानित भएकी हुन्।
नेपाली कांग्रेसका महामन्त्रीतथा माननीय संसाद गगन थापाको प्रमुख आतिथ्याता र बरिष्ट संगीतकर्मीहरु, तथा समाजका प्रतिष्ठित व्यतित्वहरुको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा उनलाई नगद ११ हजार रुपैयाँ र ताम्रापत्रले सम्मान गरिएको हो। कार्यक्रममा गीतकार किरण खरेललाई नगद २१ हजार रुपैयाँसहित रेडियो आहा राष्ट्रिय संगीत विरासत सम्मान र समाजसेवी दिक्षा चापागाईंलाई सामाजिक परोपकार सम्मान प्रदान गरिएको छ।
महिला हिंसाका विरुद्ध नारी सशक्तीकरण, महिला हक, अधिकार र न्यायको पक्षमा डेढ दशकदेखि निरन्तर निःस्वार्थ र समर्पण भावका साथका लडिरहेकी वाग्लेलाई उच्च सम्मान गर्दै यस सम्मानले सम्मानित गरिएको रडियो आहाका अध्यक्ष तथा प्रवन्ध निर्देशक हेम सुवेदीले बताए। नारी सशक्तीकरणका लागि उनले खेलेको भूमिका अत्यन्त सराहनीय र प्रेरणादायक र गर्विला रहेको उनको भनाई छ।
वाग्लेले विभिन्न समयमा सशक्तीकरण अभियानमार्फत महिला माथि हुने हिँसा, अन्याय र असमानताको अन्त्य गर्दै समाजमा महिलाको समान पहुँच सुनिश्चितताका लागि महत्त्वपूर्ण योगदान पुर्याएकी छन्। साथै उनले वैदेशिक हस्तक्षेप र राज्यभित्रै हुने बेथिति र भ्रस्टाचारका बिरुद्दमा आवाज उठाउँदै आईरहेकी छन् । उनी राष्ट्र, राष्ट्रियता,अखण्डता र देशको भौगोलिक एकताका पक्षमा हुने हरेक सडक संघर्षमा समेत नेतृत्वदायी भूमिका निभाउँदै आएकी एक संघर्षसिल नारी हुन् ।
तनहुँ जिल्लाको क्यामिनमा सामान्य परिवारमा जन्मेकी वाग्लेले काठमाडौँ शकरदेव क्याम्पसबाट व्यवस्थापन संकायमा स्नातकोत्तर गरेकी छिन्। २०६७ सालमा नेपालवाणी रेडियो पत्रकारीताबाट करियरको सुरवात गरेकी वाग्लेसँग संचारक्षेत्रक लामो अनुभव रहेको छ। हाल उनी अर्थ सन्जाल मिडियाकी प्रधानसम्पादक छिन्।
रेडियो आहाले ‘महिला सशक्तीकरण सम्मान २०८१’ बाट सम्मानित गरेकोमा आभार व्यक्त गर्दै वाग्लेले यस किसिमको सम्मानले न्यायका निम्ती काम गर्न थप उर्जा मिलेको बताईन्। उनी भन्छिन्,- ‘सत्य र न्यायका पक्षमा, अझै भन्नुपर्दा पितृसत्तात्मक सोच भएको समाजमा महिलाका निमित्त आवाज उठाउँदा निकै कठिनाइ भोग्नुपर्ने रहेछ। कम गर्दै जाँदा कहिलेकाहीं त आफैँ पनि अन्यायमा परेको महशुस हुन्छ। तर यसरी सत्कर्मको मुल्यांकन हुँदा आँफैप्रति पनि गर्व लाग्ने र निकै हौसला मिल्ने रहेछ।’










