नेपाल बैंक र पूर्वाञ्चल विश्वविद्यालयबीच सम्झौता

नेपाल बैंक र पूर्वाञ्चल विश्वविद्यालय बीच बैंकिङ्ग कारोवार गर्ने सम्बन्धी एक सम्झौतामा भएको छ । बिहीवार भएको सो सम्झौताअनुसार नेपाल बैंकले पूर्वाञ्चल विश्वविद्यालयमा कार्यरत कर्मचारी एवम् विद्यार्थिहरुलाई आधुनिक एवम् सहुलियतपूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने व्यवस्था गरिने बैंकले जनाएको छ ।

विश्वविद्यालयको आबश्यकता अनुसार थप बैंकिङ्ग सेवा सुबिद्या उपलब्ध गराउने सम्वन्धी सम्झौता पत्रमा  विश्वविद्यालयको तर्फबाट रजिष्ट्रार निलमणि पोख्रेल र  नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले हस्ताक्षर गरेका थिए ।

बैंकका  प्रमुख कार्यकारी अधिकृत श्री कृष्ण बहादुर अधिकारीले वित्तीय  कारोवारको लागि नेपाल बैंकलाई छनोट गरेकोमा पूर्वाञ्चल विश्वविद्यालय प्रति हार्दिक आभार व्यक्त गरेका थिए । नेपाल बैंक समय संगै गतिशिल बन्दै गइरहेको र आम नेपालीको साझा बैंक भएको उल्लेख गर्दै उहाँले नेपाल बैंकका उर्जाशिल कर्मचारीहरु र व्यवस्थापनको अथक मेहनत र परिश्रमले गर्दा यो बैंक प्रगतिपथमा लम्कीरहेको र सम्पूर्ण ग्राहकहरुलाई अझै उत्कृष्ट स्तरको  वित्तीय सेवा प्रदान  गर्दै जाने प्रतिबद्घता पनि व्यक्त गर्नु भएको थियो ।

उक्त कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका योजना प्रमुख डा.कोमल प्रसाद दुलाल, विश्वविद्यालयका अनुसन्धान निर्देशक प्रा.डा.निनराज ढकाल,पाठ्यक्रम विकास केन्द्र प्रमुख प्रा.डा.मेदनी प्रसाद शर्मा लगायत विश्वविद्यालयका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *