मुक्तिनाथ विकास बैंकको सीइओमा तारा मानन्धर नियुक्त

काठमाडौँ। मुक्तिनाथ विकास बैंकको  प्रमुख कार्यकारी अधिकृतमा तारा मानन्धर नियुक्त भएका छन् ।

बैंकको वैशाख ३ गते बसेको संचालक समितिको बैठकले मानन्धरलाई सीइओ नियुक्त गर्ने निर्णय गरेको हो ।

हाल बैंकको सीइओ रहेका प्रद्युमन पोखरेलको कार्यकाल यहि वैशाख मसान्तमा सकिँदै छ।

त्यसपछि जेठ १ गतेबाट मानन्धर सीइओ हुने छन्। मानन्धरलाई ४ वर्षको लागि सीइओ नियुक्त गरिएको बैंकले जनाएको छ।

हाल उनी डिस मिडिया नेटवर्कको सीईओ छन् । उनी २०८१ वैशाख ३ गतेदेखि डिस मिडिया नेटवर्कको सीइओको जिम्मेवारीमा रहँदै आएका छन् ।

मानन्धर डिस मिडिया नेटवर्कमा आवद्द हुनु अघि बैंकिंङ क्षेत्र मै थिए । उनी प्रभु बैंक लिमिटेडमा नायब प्रमुख कार्यकारी अधिकृतबाट निस्केपछि डिसहोममा गएका थिए। तर केहि समयपछि उनी पुनः बैंकिंङ क्षेत्र मै फर्किन लागेका हुन्।

मानन्धरसँग बैंकिंङ क्षेत्रमा २५ वर्षको अनुभव रहेको छ। उनी यस अघि मुक्तिनाथ विकास बैंककै डेपुटी सीइओ पनि थिए।

साविकको नेपाल बंगलादेश बैंकबाट बैंकिंग करियर सुरु गरेका उनीसँग यस अघि साविकको एनसीसी बैंक, सिटिजन्स बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, साविकको बिजनेश युनिभर्सल डेभलपमेन्ट बैंक, प्रभु बैंक, मुक्तिनाथ विकास बैंक, प्राइम कर्मर्शियल बैंक लगायतका बैंकमा काममा गरेको अनुभव छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *