बागमती प्रदेशमा चल्ने सार्वजनिक गाडीको भाडा बढेको छ । श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको गत शुक्रबारको निर्णय अनुसार भाडा समायोजन गरेको हो । वृद्धि भएको भाडा नयाँ वर्षको पहिलो दिन बैशाख १ गतेदेखि लागू हुने भएको छ ।
वागतमी प्रदेशमा चल्ने ट्याक्सीको प्रति २०० मिटरको भाडा १० रुपैयाँ बनाइएको छ । बढीमा ३० मिनेटसम्म मात्रै प्रतीक्षा गर्न पाइने छ । अब उपत्यका सहित वागमति प्रदेशमा सार्वजनिक सवारी साधनको पाँचदेखि २० किलोमिटरसम्मको भाडादर २ देखि ३ रुपैयाँसम्म बढेको छ ।
नयाँ भाडादर अनुसार पाँच किलोमिटरसम्म २० रुपैयाँ, १० किलोमिटरको २५ रुपैयाँ, १५ किलोमिटरको ३० रुपैयाँ, २० किलोमिटरसम्मको ३३ र २० भन्दा माथि ३८ रुपैयाँ तिर्नुपर्ने छ ।
Artha Sanjal






