ओलीको अभिव्यक्ति ‘पदीय गरिमा र जिम्मेवारी विपरीत’

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले जेठ १५ गते काठमाडौँलाई नियन्त्रणमा लिन प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकर्ताहरूलाई दिएको निर्देशन पदीय गरिमा र जिम्मेवारी विपरीत भएको बताएका छन्।

प्रधानमन्त्री ओलीले आइतबार जेठ १५ गते आफ्ना कार्यकर्ताहरूलाई काठमाडौँ नियन्त्रणमा लिन निर्देशन दिएका थिए। सोही दिन राजसंस्था पक्षधरहरूले राजसंस्था स्थापनाका लागि निर्णायक आन्दोलन गर्ने बताएका छन्।

अध्यक्ष थापाले ओलीको अभिव्यक्ति संविधान र लोकतान्त्रिक मूल्य मान्यता विपरीत रहेको उल्लेख गर्दै राजनीतिक दलहरू,मानव अधिकार आयोग र अन्तर्राष्ट्रिय समुदायले यो अभिव्यक्ति ‘नोटिस’मा लिने विश्वास लिएको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *