देशको व्यापार घाटा साढे १२ खर्ब नाघ्यो

काठमाडाैं । चालु आर्थिक वर्षको आयात निर्यात बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्षको दश महिनामा आयात र निर्यात दुवै बढेको देखिएको हो ।

विभागले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्ष २०८१/०८२ को १० महिनामा २ खर्ब १७ अर्ब ९१ करोड १० लाख बराबरको वस्तु तथा सेवा निर्यात भएको छ । यो भनेको गत आर्थिक वर्षको यहीँ अवधिको तुलनामा ७२.७१ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको १० महिनामा १ खर्ब २६ अर्ब १७ करोडको मात्रै निर्यात भएको थियो ।

भन्सार विभागको अनुसार चालु आर्थिक वर्षको १० महिनामा आयात भने १३.११ प्रतिशतले बढेर १४ खर्ब ७४ अर्ब १८ करोड ८२ लाख पुगेको छ । यस अवधिमा नेपालको ब्यापार घाटा १२ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । निर्यात बढेपनि गत आर्थिक वर्षको १० महिनाको तुलनामा नेपालको व्यापार घाटा ६.७२ प्रतिशतले बढेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *