हिमालयन रिइन्स्योरेन्सले डाक्यो साधारण सभा, लाभांश पारित मुख्य एजेन्डा

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले साधारण सभा डाकेको छ। कम्पनीले  आउँदो जेठ २५ गते काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजे चौथो वार्षिक साधारण सभा बोलाएको हो।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोमिज चुक्ता पूँजी १० अर्ब ४० करोड रूपैयाँको ४.५० प्रतिशत बोनस शेयर र ०.२४ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ।

साथै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरेर निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ।

यसैगरी, गत आवमा सामाजिक उत्तरदायित्वमा भएको खर्च अनुमोदन गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाका लागि तय गरिएको छ।

सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले जेठ ११ गते एक दिन बुक क्लोज गर्ने निर्णय  गरेका  जेठ १० गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *