दोर्दी खोलाको १९ लाख ४६ हजारबढी कित्ता शेयर लिलामीमा, प्रतिकित्ता सय रुपैयाँ

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले १९ लाख ४६ हजार ६७६ कित्ता अवितरित हकप्रद शेयर लिलामीमा राखेको छ उक्त्त शेयर संस्थापाक तथा सर्वसाधारण  सबैले किन्न पाउने गरी लिलामीमा राखिएको हो।

जसमध्ये संस्थापक समूहको १२ लाख ८५ हजार ४१ कित्ता र सर्वसाधारण समूहतर्फको १ लाख ३५ हजार ९५६ कित्ता शेयर रहेको छ जुन असार ७ गतेसम्म लकइनमा रहनेछ। त्यस्तै बाँकी ४ लाख ९५ हजार ६७९ कित्ता शेयर पनि सर्वसाधारण समूहकै रहेको छ भने यो शेयर लकइनमा छैन।

शेयर खरीदका लागि आवेदन दिंदा घटीमा १ सय कित्ताका लागि र बढीमा सबै कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ। इच्छुक खरीदकर्ताले जेठ ११ गतेदेखि १९ गतेसम्म आवेदन दिन सक्नेछन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *