सिटिजन लाइफको खुद नाफा २७.१४ प्रतिशतले बढ्यो, अधिकांश सूचक सकारात्मक

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। जसअनुसार चैत मसान्तसम्ममा कम्पनीले ३५ करोड ७६ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको छ।

गत आवको यसै अवधिसम्म कम्पनीले २८ लाख १३ करोड रूपैयाँ मात्रै खुद नाफा गरेकोमा यस वर्ष कम्पनीले २७.१४ प्रतिशत बढी खुद नाफा कमाएको  हो। यस वर्ष कम्पनीको खुद ब्याज आम्दानी २० प्रतिशतभन्दा बढीले वृद्धि भएर ४ अर्ब ८१ करोड रूपैयाँ नाघेको छ।

 

कम्पनीको कुल आम्दानी २२.५२ प्रतिशतले वृद्धि हुँदा कुल खर्च २०.८० प्रतिशतले बढेको छ। कम्पनीको कुल आम्दानी ५ अर्ब २१ करोड रूपैयाँबाट बढेर ६ अर्ब ३९ करोड नाघ्दा कुल खर्च ४ अर्ब ९३ करोडबाट बढेर ५ अर्ब ९६ करोड रूपैयाँ बढी छ।

कम्पनीको चुक्ता पूँजी ५ अर्ब रूपैयाँ छ भने  महाविपत्ति कोषमा २१ करोड १२ लाख रूपैयाँ र जगेडा कोषमा करीब साढे ९८ करोड रूपैयाँ सञ्चिति रहेको छ।

गत वर्ष १२ अर्ब ५१ करोड रूपैयाँ रहेको जीवन बीमा कोषको आकार करीब ४४ प्रतिशतले वृद्धि भएर १८ अर्ब रूपैयाँ नाघेको छ। कम्पनीको प्रतिशेयर आम्दानी ९.५४ रूपैयाँ र प्रतिशेयर नेटवर्थ १४६.९१ रूपैयाँ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *