राप्रपा गण्डकी प्रदेश सासंद छनौटमा चरम असन्तुष्टि

राष्ट्रिय प्रजातन्त्र पार्टीको गण्डकी प्रदेश सभा प्रदेश अन्तर्गत सांसद छनौटमा असन्तुष्टि चुलिएको छ । पार्टीमा निष्ठा, बलिदान योग्यता र शिक्षा, लगनको कदर नभएको भन्दै गण्डकी प्रदेश सभाको कार्यलय समेत तोडफोड भएको छ ।

एकसिट पाउंदा स्वतः जनजाति महिला सुशिला थापामगर र देस्रो सिटमा खसआर्य पुरुष डा. गोविन्दराज खनिया हुनुपर्नेमा अन्यथा भएर चोर बाटो प्रयोग गरेर जनजाति पुरुष पंचराम गुरुंग र खसआर्य महिला बिन्दु पहाडी लाई पैसा, शक्ति आडम्बरको प्रयोग गरी कार्यकर्ताको जनभावनालाई बेवास्ता गरेर जबरजस्ति निर्णय लाद्न खोजिएको आरोप लागेको छ ।

नियमसम्बद्ध रुपमा र गण्डकी प्रदेशको ११ मध्ये ८ जिल्ला अध्यक्षको समर्थन रहंदा र अधिकांश पदाधिकारी तथा महामन्त्रीहरुको समर्थन रहंदा समेत सचिवालयको एकलौटी दबाब र रिसमा निर्णय प्रभावित पारिएको बुझिएको छ ।

अहिले सासंद सुचीमा नाम सिफारिस भएका पंचराम गुरुंग मात्र केही बर्ष पार्टी राजनीति गरेको र सचिवालयको आशिर्वादमा क्रमशः कार्यवाहक र प्रदेश अध्यक्ष भएको र प्रदेश अध्यक्ष पद धान्न नै धौधौ भएको अवस्थामा एकलौटी रुपमा प्रदेश सभामा सिफारिस भएको कार्यकर्ताहरुको बुझाई छ र अर्की सदस्य बिन्दु पहाडीको त प्रारम्भिक शिक्षा समेत पुरा नभएको बुझिएको छ ।

अधिकतम भोट दिने कास्की र नवलपुरलाई वेवास्ता गरेर निकै कम भोट भएका जिल्लाबाट सांसद छनौट गरेकोमा प्रदेश अन्तर्गतका जिल्लाका कार्यकर्ता तथा नेताहरु आन्दोलित भएका छन् । प्रदेश कार्यलय तोडफोड भएसंगै विभिन्न जिल्लाबाट ध्यानाकर्षण पत्र आउने तयारीमा छन् । विधि र पद्धतिको प्रचार गरेपनि पार्टीभित् पुरानो शैली हाबी भएको कार्यकर्ताको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *