एनएलजी इन्सुरेन्सले कमायो १२ करोड ३३ लाख रुपैयाँ खुद नाफा

काठमाडौं। एनएलजी इन्सुरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १२ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा कम्पनीले  १३ करोड ६७ लाख रुपैयाँ कमाएको थियो । यो नाफा ९.७८ प्रतिशतले कम हो ।
कम्पनीको खुद बिमा शुल्क आम्दानी ३१.६६ प्रतिशतले बढेर ६६ करोड ५८ लाख रुपैयाँ पुगेको छ । भने कमिसन आम्दानी पनि १७.४४ प्रतिशतले बढेर २३ करोड ४ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको  लगानी तथा कर्जाबाट हुने आम्दानीमा २३.३० प्रतिशत गिरावट र दाबी भुक्तानी रकम पनि ३५.५३ प्रतिशतले बढेपछि खुद नाफामा कमी आएको छ ।
कम्पनीको चुक्ता पुँजी ६२.५६ प्रतिशतले बढेर २ अर्ब ५० करोड नाघेको छ ।  प्रतिसेयर आम्दानी  ५.९२ रुपैयाँले घटेर ६.५७ रुपैयाँमा सीमित भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *