काठमाडौँ । भारत र पाकिस्तानबीच जमिन, आकाश र समुद्र सबै क्षेत्रमा पूर्ण युद्धविराम लागू भएको छ। भारतीय विदेश सचिव विक्रम मिस्रीले शनिबार यसबारे जानकारी दिएका हुन्।
उनका अनुसार, पाकिस्तानका डाइरेक्टर जनरल मिलिट्री अपरेशन्स (डीजिएमओ) ले शनिबार दिउँसो ३:३५ बजे भारतका डीजिएमओसँग सम्पर्क गरेर युद्धविरामका लागि सहमति जनाएका थिए। सहमतिअनुसार भारतीय समयअनुसार बेलुका ५ बजेदेखि युद्धविराम लागू हुनेछ।
‘‘अब दुवै देशबीच जमिन, आकाश र समुद्रका माध्यमबाट कुनै पनि प्रकारको हमला हुने छैन,’’ मिस्रीले बताएका छन्।
दुवै देशका डीजिएमओबीच पुनः मे १२ तारिखका दिन दिउँसो १२ बजे औपचारिक वार्ता हुने पनि उनले जानकारी दिए।
Artha Sanjal






