काठमाडाैं। आज साताकाे दाेस्राे काराेबारकाे दिन सेयर बजार दाेहाेराे अंकले घटेकाे छ। नेप्से परिसूचक ९.९८ अंकले घटेर २६१०.७६ को विन्दुमा कायम भएको छ ।
आज ३१९ कम्पनीको सेयर किनबेच हुँदा ७ अर्ब ६३ करोड माथिको सेयर कारोबार भएको छ । आज ८६ कम्पनीको सेयर मूल्य बढेको छ भने १५९ कम्पनीको सेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ७६ करोड ५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ५५ करोड ६२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सानिमा माई हाइड्रोपावरको ४८ करोड ५४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र ओम मेगा श्रीका लगानीकर्ताले कमाएका छन् । आज यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सिटिजन्स सुपर ३० म्युचुअल फन्डका इकाईधनीले पनि १० प्रतिशतका दरले कमाएका छन् । क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै हिमालयन पावर पार्टनरका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानकिर्ताले ९ .९९ प्रतिशतका दरले गुमाएका हुन् ।






