एउटा गभर्नर टुंग्याउन नसक्नेहरूले दुई तिहाइको घमण्ड देखाउँछन् : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गभर्नर नियुक्त गर्न नसकेकाे देख्दा दुई तिहाइ सरकारको बेलुन फुटिसकेको दाबी गरेका छन् ।

सोमबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा प्रचण्डले भने, ‘एक महिना बितिसक्दा पनि एउटा गभर्नर नियुक्त गर्न सक्नुभएको छैन । दुई तिहाइको अहंकार त अब मैले हेर्दा त्यो बेलुन फुटिसकेको देख्छु’।

प्राविधिक रुपमा अहिलेको सरकार नढलेको भए पनि जनताको मन मस्तिष्कमा सरकार ढलेजस्तो भएको बताए । ‘प्राविधिक रुपमा त अहिले सरकार ढलेको छैन । तर साँच्चै जनताको मन मस्तिष्कमा यतिबेला नैतिक रुपमा भन्ने हो भने सरकार छैन, ढलिसकेको छ,’ उनले भने ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *