काठमाडाैं । सोलार फार्म लिमिटेडले आईपीओ निष्कासनको प्रक्रिया अघि बढाएको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ ।
कम्पनीले वैशाख ७ गते सेबोनमा आवेदन दिएको हो । कम्पनीले सेबोनमा बुझाएको आवेदनमा १३ करोड ६३ लाख ३६ हजार रुपैयाँबराबरको रु.१०० अंकित दरका १३ लाख ६३ हजार ३६० कित्ता सेयर निष्कासनको माग गरिएको छ ।
सेबोनले स्वीकृती दिएसँगै कम्पनीले आम सर्वसाधारणमा उक्त परिमाणको आईपीओ जारी गर्नेछ ।
कम्पनीले आईपीओ निष्कासन प्रयोजनका लागि आरबीबी मर्चेन्ट लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।
Artha Sanjal







