सरकारको नीति तथा कार्यक्रम: भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिइने

काठमाडौँ।  सरकारले भ्रष्टाचार नियन्त्रण गर्न शून्य सहनशीलताको नीति लिइने प्रतिबद्धता दोहोर्‍याएको छ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलमार्फत प्रस्तुत सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममार्फत यस्तो प्रतिबद्धता दोहोर्‍याइएको हो।

‘भ्रष्टाचार नियन्त्रण गर्न शून्य सहनशीलता नीति लिइने छ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘सरकारी निकायहरूमा पारदर्शिता र जबाफदेहिता वृद्धि गर्न भ्रष्टाचारविरुद्धको दोस्रो राष्ट्रिय रणनीति र कार्य योजना कार्यान्वयन गरिने छ।’

यस्तै हेलो सरकारमार्फत प्राप्त गुनासाहरूको शीघ्र सम्बोधन गर्न र्यापिड रेन्पोन्स टिम परिचालन गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *