पर्सा। पर्साको सानोपाइला बचत सहकारीको रकम अपचलनबारे अनुसन्धान सकेर प्रहरीले सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाएको छ।
प्रहरीले सानोपाइला सहकारीमा ठगी र संगठित अपराध कसुरमा अनुसन्धान सकेको हो।
जिल्ला प्रहरी कार्यलयका एसपी गौतम मिश्रले अनुसन्धान सकेर प्रतिवेदन बुझाएको जानकारी दिए । मिश्रका अनुसार ४१ जनाविरूद्ध मुद्दा चलाउन सिफारिस भएको छ।
मिश्र भन्छन् , ‘हामीले ३० जना व्यक्ति र ११ वटा संस्था/कम्पनीविरूद्ध मुद्दा चलाउन प्रहरीले राय दिएका छौँ।
जसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, पूर्वडिआइजी छविलाल जोशी पनि प्रतिवादी छन्।
प्रहरीले कुल २ अर्ब ३० करोड १४ लाख २९ हजार ८ सय रुपैयाँ बिगो माग दाबी गरेको छ।
सभापति लामिछानेको हकमा ५ करोड ७४ लाख ३० हजार ३३३ रुपैयाँ र जोशीको हकमा ३ करोड २४ लाख ३२ हजार ९९९ रुपैयाँ बिगो मागदाबी भएको छ।
प्रहरीले कुल २ अर्ब ३० करोड १४ लाख २९ हजार ८ सय रुपैयाँ बिगो माग दाबी गरेको छ।
सभापति लामिछानेको हकमा ५ करोड ७४ लाख ३० हजार ३३३ रुपैयाँ र जोशीको हकमा ३ करोड २४ लाख ३२ हजार ९९९ रुपैयाँ बिगो मागदाबी भएको छ।
सहकारी ठगी फरार रहेका जिबी राईलाई १० करोड ८१ लाख ५२ हजार ४६९ रुपैयाँ र कुमार रम्तेलसँग १५ करोड ५३ लाख ५३ हजार ३४६ बिगो मागदाबी गरेको हो।
लामिछाने लगायतविरूद्ध यसअघि पोखराको सूर्यदर्शन सहकारी, चितवनको साहारा सहकारी, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी र बुटवलको सुप्रिम सहकारीमा मुद्दा दर्ता भइसकेको छ।
कास्की जिल्ला अदालतले लामिछानेसँग ६५ लाख, चितवन जिल्ला अदालतले ५४ लाख, काठमाडौं जिल्ला अदालतले ६० लाख र रूपन्देही जिल्ला अदालतले एक करोड धरौटी माग गरेको थियो। सबै जिल्ला अदालतमा धरौटी तिरेर लामिछाने पुर्पक्षका लागि छुटेका थिए।
तर, उच्च अदालत तुलसीपुर बुटवल इजलासले चैत २२ गते अदालतले थुनामा पठाउन आदेश दिएको थियो।







