महालक्ष्मी विकास बैंकको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन

काठमाडौं। महालक्ष्मी विकास बैंकको १५ लाख १४ हजार २५ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज (वैशाख १४ गते) अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।

यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम ११० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

यसमा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल, नारायणचौर नक्साल काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *