काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक स्थिरता दिन दुई ठूला दल मिलेको बताएका छन्।
मदन भण्डारी फाउण्डेसनको चौथो राष्ट्रिय सम्मेलनलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समयको आवश्यकता र देशको अर्थतन्त्र जोगाउन कांग्रेस र एमाले मिल्नुपरेको धारणा राखेका हुन्।
अघिल्लो सरकारले भताभुङ्ग पारेको अर्थतन्त्र लयमा ल्याउन थालिएको दाबी गर्दै उनले समयको आवश्यकताले प्रतिस्पर्धी दल एमाले र कांग्रेसको सरकार बनेको बताए।
कांग्रेस सभापति शेरबहादुर देउवा बैँककबाट फर्केपछि शनिबार उनी र प्रधानमन्त्री ओलीबीच बालुवाटारमा भेट भएको थियो। ओलीले आलोचनात्मक चेतको नाममा जेमा पनि विरोध गर्ने परिपाटी हटाउनुपर्ने धारणा पनि कार्यक्रममा राखेका थिए।
देउवा विदेशबाट आउने बित्तिकै सरकार ढल्छ भनेर भन्नेहरु अहिले केही दिनपश्चात भन्न थालेको उनको भनाई छ।
Artha Sanjal






